२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १२, २०७८

बीबीसी – आफ्नै घरमा चिया खाएर बसिरहेका राम राजलाई गतवर्ष बस्दाबस्दै सडकमा हिँडिरहेको गाईले आएर हमला ग¥यो । ५५ वर्षीय उनी गम्भीर घाइते भएपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

उनकी बुहारी अनिता कुमारी भन्छिन्, “यो घटना हामी सबैका लागि एकदमै दुःखद रह्यो । र त्यसपछि देखि मेरी सासूआमाले राम्ररी खानै छाड्नु भएको छ । ”

भारतको उत्तर प्रदेशमा यस किसिमको हमला वास्तवमा सामान्य मानिन्छ जहाँ गाईलाई मार्न काट्नमा प्रतिबन्ध लगाइएको छ । सडकमा जथाभावी हिँड्ने छाडा चौपायाको सङ्ख्या अत्यधिक बढेको छ ।

यति सम्म कि आगामी प्रदेश स्तरीय चुनावमा यो प्रमुख मुद्दा बन्ने देखिएको छ ।

गाईलाई हिन्दुहरुले भगवानको स्वरुप मान्ने भए पनि विगत लामो समयदेखि किसानहरुले बूढा भएका अनुत्पादक गाईलाई मार्न बधशाला लैजाने गर्दथे । तर प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा नेतृत्व सरकारले पछिल्लो समय त्यस्ता बधशालाविरुद्ध अत्यधिक कडाइ अपनाइरहेको छ । आफ्नो हिन्दु एजेन्डालाई जिवित राख्न भन्दै उत्तर प्रदेशसहित १८ वटा प्रदेशमा गाई मार्ने कार्यलाई अवैध घोषणा गरिएको छ ।

उत्तर प्रदेश आफैँ भैँसीको मासुको मुख्य निर्यातकर्ता भए पनि २०१७ मा सत्तामा आएदेखि मुख्य मन्त्री योगी आदित्यनाथले थुप्रै अवैध बधशाला बन्द गराएका छन् । यति मात्र नभएर त्यसरी चौपायाको व्यापार गर्ने मुसलमान र दलितहरुमाथि भाजपासँग सम्बन्धित समूहले आक्रमण गर्ने र कुटपिट गरि मृत्यु हुनेसम्मका घटना पनि भइरहेका छन् ।

यस्तोमा धेरै त्यस्ता समूहले यो व्यापार नै छाडेका छन् । गाईभैँसीको मासु खरिद गर्न या ओसारपसार गर्न अहिले सबै डराउने गर्दछन् । यसैले पनि बूढो भएका दूध नदिने, अनुत्पादक गाईहरुलाई हिजोआज किसानले यत्तिकै छाडिदिने गरेका छन् ।

धानको खेती गर्ने शिव पूजनका अनुसार अहिले कोही किन्ने मान्छे छैन र कसैले बिक्री गर्न पनि सक्दैन । यसकारण आफूहरुले त्यस्ता गाईवस्तु नजिकैको जङ्गलमा लगेर छाडिदिने गरेको उनले बताए ।

नतिजास्वरुप उत्तर प्रदेशका गाउँ तथा शहरहरुमा छाडा चौपाया जताततै घुमिरहेको देख्न सकिन्छ । र ती मध्ये कतिपय लामो समयदेखि भोकाएको हुने गर्दा आक्रामक रुपमा प्रस्तुत हुने गरेको स्थानीय वासिन्दाको गुनासो छ ।

पूजन आफैँ पनि खेतबाट वस्तुहरु भगाउँदै गर्दा त्यस किसिमको हमलामा परेको बताउँछन् । आफ्नो हातको ब्यान्डेज देखाउँदै उनले भने, “दुईवटा गाईले मलाई हानेर भुईँमा लडाए । भाग्यवश् म आफ्नो ज्यान बचाएर भाग्न सफल भएँ ।”

पूजन हिन्दु धर्ममै आस्था राख्ने व्यक्ति हुन् तर पनि यस विषयले आफूलाई दिक्क बनाएको बताउँछन् । सरकारले आफूहरुको सुरक्षाका लागि पनि केही गरिदिए हुन्थ्यो भन्ने चाहेको उनले बताए । उनीजस्ता धेरै किसानहरुले बताए अनुसार त्यस्ता छाडा चौपायाले खेतबारीमा क्षति पुर्याउनुका साथै सडक दुर्घटना गराउने र कतिपय आक्रामक भएर हमला गर्दा मानिसहरुको ज्यानै जाने गरेको छ ।

त्यस्तै आवारा साँढेको आक्रमणमा आफ्नो पति गुमाएकी पूनम दुबे भन्छिन्, “जताततै घुमिरहेका छाडा चौपायाका कारण आज मेरो छोरा अनाथ भएको छ । अब कसले हामीलाई हेर्छ ? कसले जिम्मा लिन्छ ?”

अर्को घटनामा ३६ वर्षीय भूपेन्द्र दुबे कोभिडका कारण जागिर गुमाएपछि गाउँ फर्किएका थिए । तर स्थानीय बजारकै बीचमा छोरालाई मिठाइ किन्न जाँदा गाईको हमलामा परि उनको मृत्यु भएको हो ।

अर्की ८० वर्षीया राम काली २०१९ को गाई हमला पछि अहिलेसम्म पनि ‘कोमा’ मा छिन् । उनको परिवारका अनुसार राम कालीलाई उनको एक मात्र छोराको गत वर्ष कोभिडले मृत्यु भएको कुरा समेत थाहा छैन ।

यो मुद्दालाई उत्तर प्रदेशका विपक्षी पार्टीले धेरैपटक उठाइसकेका छन् । तर भाजपाका प्रदेश प्रवक्ता समीर सिंहका अनुसार सरकारले यस समस्याको समाधान गर्न नयाँ नीतिको खोजी गरिरहेको छ ।

उनी भन्छन्, “ती जीवजन्तुलाई पहिलो कुरा त हिन्दु धर्ममा छाडा चौपाया भन्नै मिल्दैन । के हामीले आफ्ना बूढा भएका बुवाआमा बाजेबजैलाई पछि त्यसैगरी छाड्ने गरेका छौँ ? अनि गाईलाई चाहिँ कसरी मर्नका लागि सडकमा त्यसरी फाल्न मिल्छ ?”

त्यस किसिमका गाईका लागि भनेर सरकारले विशेष किसिमिको गोठ पनि बनाएको छ । मुख्य मन्त्री अदित्यनाथको सरकारले यसमा लाखौँ रुपैँया खर्च गरेको छ । गोठलाई प्रभावकारी रुपमा सञ्चालित गर्न उनले मदिरामा विशेष कर लगाएका थिए । तर यसले पनि समस्याको उचित समाधान गरेन । किनकी त्यहाँ गाईहरु भरिभराउ रुपमा अव्यवस्थित तरिकाले बसिरहेका छन् ।

गोठको ख्याल राख्दै आएकी शत्रुगत तिवारी भन्छिन्, “यहाँ २०० वटा गाईहरु छन् जुन हाम्रो अधिकतम क्षमता हो । तर अझैपनि यस क्षेत्रमा ७०० देखि हजारको सङ्ख्यामा गाईवस्तु जथाभावी सडकमा हिँडिरहेका छन् । ”

यही कारण त्यहाँका धेरै स्थानीयहरु वाक्क भएर चुनावमा कसैलाई पनि मत नै नहाल्ने निर्णयसम्म पुगेका छन् । उनीहरु भन्छन् “हाम्रो समस्या कसैले समाधान गर्दैन भने भोट गर्नुको के अर्थ ?” बीबीसीबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]