
सिराहा – इतिहास काल देखि नै मधेशी लाई यो देशमा दोश्रो दर्जाको नागरिक सरह आपहेलित गर्दै आएको विभिन्न दस्तावेजहरु सर्बबितित नै छन। रितिक रोशन काण्ड , मधेश आन्दोलन , ६ महिने आन्दोलन (नाकबन्दी) लगायतका विभिन्न आन्दोलनहरु र स- साना आन्दोलनहरु हुँदै आइरहेका छन। यी र येस्ता आन्दोलनहरु, जनता को माग अनुसार नभइ केही अवशरबादी चरित्रका दलालहरु को ब्यक्तिगत स्वार्थ् को कारण हुने गरेका छन भने अब फेरीपनि मधेश मुक्ती को ढोङ रची, विभिन्न प्रलोभन देखाइ मधेशी जनता सामु एक नया बहुरुपिया प्रकट भएको देख्न सक्छौ । त्येस्ता प्रवृत्ति विरुद्ध अब मधेशी युवा चुप लाग्ने छैन। ज स पा नेपाल का राष्ट्रिय अध्यक्ष माननिय श्री उपेन्द्र यादव जि त्यहि के पि वलि को सरकार मा ३० महिना उप- प्रधानमन्त्री भएर बसेको बेला, ३० पटक सम्म पनि मधेश न झरेका लाई आज मधेशी जन्ताले कुन आधारमा Vote दिने।
मन्त्री भएको बेला एइस र आराम को स्वाद चाख्ने अनि आहिले मधेशी जन्ता सामु नौटन्की प्रस्तुत गर्ने..? त्येसै गरि लो स पा नेपालका राजेन्द्र महतो पनि क कम उप- प्रधानमन्त्री को स्वाद चाख्न उ पनि जनताको लास को सिढी बनाएर राज्निती गर्ने मध्येका एक होइनन र .? मधेश् को मुद्दालाई बद्नाम बनाउने र समय समय मा मुद्दा बेच्ने मधेश बेचुवाहरु यी नै हुन भनेर चिनी राखौ। त्येसै गरि आजभोली एउटा् नया नट्वर लाल को Entry भएको देखिन्छ । अब त झन त्यहि २०-२२ वटा जिल्लामा रहेका ६० वटा प्रत्येक्ष सिट मा चुनाब लड्नु बाहेक कुनै बिकल्प देखिदैन।

नेपाल को प्रतिनिधि सभाका संसदीय कुल प्रत्येक्ष सिट १६५ मध्ये १०५ पाहाडमा सुरक्षित छन भने,५१.९% जन्सन्ख्या भएको मधेशमा जम्मा ६० सिट अनि त्यस ६० सिट मै नेपाल का सबै पार्टी प्रतिस्पर्धा हुनछन भने यो जन्ता राज् को कुरा गर्ने कथित मधेशी डा. राउत को हालत के होला।
हुनत मधेसको मुद्दा पहिला नउठेको होइन ,उठेकै हुन तर मधेसको समस्या पहिचान गरी त्यसको समाधान सहित वैज्ञानिक ढंगले बुँदागत रुपमा संघीयता, जन्सन्ख्याको आधारमा पुर्ण समानुपातिक, समावेशीता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता समस्या समाधान, पूर्णसमानुपातिक निर्वाचन प्रणालि र धर्मनिरपेक्षता लगायतका मधेसका मुलभूत मुद्दाहरूलाई सुत्रवद्ध गरी मधेसी जनतालाई बुझाउन पर्दछ र फेरि पनि मधेस जनविद्रोह मार्फत सदियौं देखिको केन्द्रीकृत राज्यसत्ता भत्काई मुलुकमा समान्ताको बाताबरणको अनुभुति गराउनु पर्ने देखिन्छ।
अब कुनै पनि बहानामा मधेश सङ गरेका बिगत का सम्झौताहरु कार्यान्वयन न भए मधेश मा पुन:आन्दोलन को आन्धी बेरि ल्याउन मधेशी युवा बर्ग तयार हुँदै छन। अब आउने चुनाब लाई लक्षित गर्दै युवाहरु उठ्ने संकेत देखिदैछन।