०८ चैत्र २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २३, २०७८

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भए पनि राप्रपा कदापि नफुटाउने दाबी गरेका छन्।

आफू निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नभएको भन्दै उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिभन्दा माथि बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन्।

विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीतिभन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ।

‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिंड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा मेरो खेदो खनिरहेका छन्। हॅासो र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]