२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २१, २०७८

सप्तरी – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महिन्द्र राय यादवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय रुपमा मलको अत्यधिक मूल्य वृद्धि भएको कारण त्यसको असर नेपालमा पनि परेको छ । मूल्य वृद्धिका कारण ठेकेदार कम्पनीहरुले मल ल्याउन नसकेको कारण नेपालमा मलको हाहाकार हुने गरेको छ । त्यही भएर सरकारले भारतबाट सिधै मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको मन्त्रालयले जनाएको छ ।

अहिले कृषि मन्त्रालयसँग १२ हजार मेट्रिकटन मल मात्र मौज्दात छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]