
काठमाडौं – काठमाडौंबाट चोरी गरिएको मोबाइल र ल्यापटपसहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, गोकर्ण बस्ने २० वर्षीय निशान डंगोल, काठमाडौंकै मूलपानी बस्ने सिन्धुपालाञ्चोकको जुगल गाउँपालिका–३ घर भएका २५ वर्षीय फुर्बा लामा, गोकर्णेश्वर–८, बेसीगाउँ बस्ने जुगल–३ घर भएका २२ वर्षीय सुमन तामाङ र सोही ठाउँका २० वर्षीय कृष्ण तामाङ रहेका छन् ।
२१ थान मोबाइल, दुईथान ल्यापटप र चारथान ल्यापटपको चार्जरसहित उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–८, आरुबारीबाट प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट चोरी गरेको उक्त मोबाइल र ल्यापटप फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।