२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २१, २०७८

काठमाडौं – पोखरा लैजाने भनी बेहोस बनाई एक महिलालाई भारतको कोठीमा पुर्‍याई बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेकी छन् ।

पोखराको होटेलमा नाच्ने र घरायसी काममा लगाइदिने र राम्रो कमाइ हुने भन्दै भारतको कोठीमा पुर्‍याएको आरोपमा नुवाकोटकी २६ वर्षीया अनिसा तामाङ भनिने फूलमाया तामाङ पक्राउ परेकी हुन् ।

०७४ सालमा ती महिलालाई काठमाडौंको आकाशेधारास्थित एक होटेलमा बेहोस हुने औषधि मिसाएको चाउमिन खुवाई भारत पुर्‍याइएको प्रहरीले जनाएको छ । ६ महिनासम्म उनलाई भारतका विभिन्न ठाउँका कोठीहरूमा राखिएको र यातना दिइएको पनि जनाएको छ ।

तामाङलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गएको मंसिर ९ गते काठमाडौंले बूढानीलकण्ठ नगरपालिका–१०, कपनबाट पक्राउ गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]