२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २१, २०७८

सिरहा – प्रहरी नियमावली र आचारसंहिता विपरित कार्य गरेको भन्दै सिराहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयमा सरुवा भएको भोलीपल्टै उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।

सरुवाको विषयलाई लिएर नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने धम्की दिएपछि एसपी पाण्डे निलम्बनमा परेका हुन् । प्रहरी प्रधान कार्यालयले एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले बताए ।

इलाम, प्रहरी प्रधान कार्यालयको बजेट महाशाखा र सिराहामा रहँदा आर्थिक अनियमितामा मुछिएका एसपी पाण्डे पछिल्लो दिनमा कांग्रेस सिराहा सभापति यादवलाई गोली हानेर मार्ने भन्दै पेस्तोल लिएर मध्यराति उनको घरमा पुगेको पुष्टि भएपछि एसपी पाण्डेलाई निलम्बन गरिएको हो । ‘शुरुमा पत्यार लागेको थिएन सिडियोकै रिपोर्ट आएपछि उहाँलाई निलम्बन गर्नु परेको हो’, गृह मन्त्रालयका एक अधिकारीले भने ।

एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले जिल्‍ला प्रहरी कार्यालय सिराहाको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानेपछि आइतबार मध्यराति साढे १ बजे उनी पेस्तोलसहित यादवको घरमा पुगेका थिए । तर, एसपी पाण्डेले भने आफू यादवको घरमा नगएको र गोली हानेर मार्ने धम्की नदिएको दाबी गरेपनि सिडियोकै रिपोर्टले पुष्टि गरेपछि प्रहरी प्रधान कार्यालयले तीन महिनाका लागि निलम्बन गर्न गृहमन्त्रालयमा लेखी पठाएको थियो ।

प्रहरी प्रधान कार्यालयले सात महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । प्रहरी कार्यालयले उनीमाथि छानविनका लागि उजुरी परेकाले आर्थिक अनियमितता बारे पनि छानविन हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]