२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १८, २०७८

चितवन – पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।

पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको होे । दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब रु १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच/सात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन् । घटनाको प्रकृति हेर्दा पैसाका लागि चोरी गरिएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]