
सप्तरी – सप्तरीमा हुन गईरहेको भरत फिल्म्स म्युजिक अवार्ड गैर कानुनी रुपले हुन गईरहेको भन्दै कलाकारहरुले बिरोध गरेका छन ।
भरत फिल्म्स म्युजिक अवार्डले सप्तरीको शम्भुनाथ नगरपालिका ०३ स्थित होटल केशरी प्योर रिसोर्टमा गैर कानुनी रुपमा तथा नेपाल सरकारको मातहतमा दर्तै नभएका “भरत फिल्मस म्युजिक अवार्डले ” जिल्ला प्रसाशन कार्यालय सप्तरी ,स्थानिया तह तथा पत्रकार माहासंघ समेतमा जानकारी नगराई सप्तरीका कलाकारहरुको अपमानित गर्ने तरिकाले सार्वजनिक रुपमा मिति २०७८/०९/१६ गतेका दिन हुन गईरहेको अवार्डको बिरोध गरेका छन ।

यता भन्ने पुराना तथा अग्रज कलाकारहरु लाई समेत जानकारी न भएको र जो कलाकार मिथिला क्षेत्रमा आफ्ना पूर्ण योगदान दिएका छन ति कलाकारको समेत महोत्व न राखी हुन गईरहेको कार्यक्रमको बिरोध गरेका छन । मिथिला क्षेत्रमा कामै न गरेकाले समेत विभिन्न विधामा अवार्ड पाइरहेको देख्दा समेत आफुहरु लाज्स्पद भएको एक कलाकारले के छ खबर लाई जानकारी गराए ।

पैसाकै भरमा अवार्ड हुने ,आफ्न्तै हो भन्नेर दिने जस्ता प्रवृतिले सिंगो कलाकारको अपमान भईरहेको समेत जानकारी गराए । आफु हरु कुनै किसिमका कार्यक्रमलाई नराम्रो भन्न खोजेको हैन तर कानुनी प्राबधान नै न खोजि कुनै कार्यक्रम हुनु लाई बिरोध गरेको जनाए । यो अवार्ड कानुन बिपरित र दर्तै न भएको संस्थाले बितरण गर्न न पाउने र गरे कडा बिरोध गर्ने समेत सप्तरीका कलाकारहरुले जानकारी गराए ।