
सप्तरी – किसानहरु माथि भएको दमन र गिरफ्तारी बिरुद्ध आज सप्तरीको रुपनीमा जनमत पार्टीले टायर बाली चक्का जाम गरेका छन ।
सिराहा जिल्लामा किसान हरु माथि दमन एबम गिरफ्तारीको बिरुद्ध जनमत पार्टी सप्तरी द्वारा रुपनी मा टायर बाली एक घण्टा चक्का जाम गरि राजमार्ग अबरुद्ध गरेका थिए । उक्त आन्दोलनको अध्यक्षता जनमत पार्टी जिल्ला आन्दोलन समिति सप्तरी जिल्ला अध्यक्ष अमर यादवले गरेका थिए । औरही गाउँपालिकाले दिएको उजुरीको आधारमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले मंगलबार सप्तरीको रुपनीमा चक्का जाम गरेको छ ।

गाउँपालिकाले किसानलाई नै वितरण गर्न गहुँ बीउ गोदाममा राखेको थियो । तर, गाउँपालिकाले समयमा बीउ वितरण नगरेपछि किसानहरुले गोदामबाटै पुस ६ गते बीउ लुटेर लगेका थिए ।गोदामबाटै बीउ लुटिएपछि गाउँपालिकाले औरही गाउँपालिका–३ का मिथिलेश यादव, तेज नारायण यादव, रामनाथ यादव र वडा नम्बर ५का सुप्रविण यादवमाथि सरकारी सम्पत्ति हिनामिना, लुटपाट सम्बन्धी अभद्र अवज्ञा मुद्दा जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता गराएको थियो । तीमध्ये प्रहरीले मिथिलेश यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीमा चार जनामाथि राजनीतिक प्रतिशोध साँध्न मुद्दा दर्ता गराएर फसाउन खोजेको र एक किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले चक्का जाम गरेका थिए ।