२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष १३, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा इमानदारिता हराएपछि ‘म’ बाट ‘बा’ आउने बताएका छन्।

‘मूल कुरा इमानदारिता हो। इमानदारिता, निष्ठा र समर्पण हो। त्यो छ भने जनताको विश्वास जित्न सकिन्छ। इमानबाट विचलित भएपछि समर्पित हुने भावना हराउँदोरहेछ। व्यक्तिवादको शिकार हुन्छ। ‘म’ भनेर सोच्न थाल्छ। ‘म’ बाट ‘बा’ भन्नेमा आउँछ। म नै बा हो’, उनले भने।

उनले आफूहरु ‘बा’ प्रवृत्तिका विरोधी भएको बताए। उनले एमालेका कतिपय नेताहरु एकीकृत समाजवादीमा आउनका लागि कुरा गरिरहेको पनि बताए।

यसैबीच, नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ। मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच दुई पार्टीले एकता गरेका हुन्।

एकता समारोहमा दुवै पार्टीका शीर्ष तहका नेताहरु सहभागी थिए। पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका अध्यक्ष देवेन्द्र सिंह महता सहितका नेताहरुलाई अबिर लगाएर स्वागत गरेका थिए।

नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। त्यस्तै, तत्कालीन नेकपा माओवादीबाट अलग्गिएर नेकपा जनवादी गठन भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]