२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १०, २०७८

बुटवल – गृहमन्त्री बालकृष्ण खाँणले संघीय प्रहरी एकाइ भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारसँग भेटघाट गरेका छन्।

झुण्डिएको अवस्थामा शव भेटिएका एसएसपी यादवको परिवारलाई गृहमन्त्री खाँणले शुक्रबार साँझ घटनास्थलमै पुगेर भेटघाट गरेका हुन्।

त्यस क्रममा गृहमन्त्री खाँणलाई एसएसपी यादवको शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी गराएको थियो। गृहमन्त्री खाँणले घटनाका बारेमा सूक्ष्म अनुसन्धान गर्नसमेत प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यादवको शव शुक्रबार बिहान आफ्नो निवासमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन्। उनी ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]