
काठमाडौं – नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्वका लागि पुस २४ गते निर्वाचन हुने भएको छ। संघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।
संघको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बसन्त अधिकारी, कृष्णमान शाक्य र महेश्वर श्रेष्ठको उम्मेदवारी परेको छ।
यस्तै उपाध्यक्षमा बिमला भट्ट र सुदर्शन पौडेलको उम्मेदवारी परेको छ।
महासचिव र सचिवमा पनि तीन/तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार महासचिवमा अनिल सिग्देल, कैलाश खाकी श्रेष्ठ र सागर दाहालको उम्मेदवारी परेको छ। यस्तै सचिवमा अनुप खड्का, रोशन लामा र तेजप्रसाद दुलालको उम्मेदवारी परेको छ।
यसैगरी, कोषाध्यक्षमा चेतराज पण्डित र डमरु पनेरु, सहकोषाध्यक्षमा हैकाली थापा, सकिला धोबी र उमादेवी थापाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
यस्तै, सदस्यहरुमा समावेशी तर्फ अम्बिका बानिया, जागृति पौडेल, कुन्जना पाण्डे, मनोज नेपाली, रामबहादुर श्रेष्ठ, रामानन्द पण्डित, रणधीर यादव र शिला शर्माको उम्मेदवारी परेको छ।
यसैगरी, सदस्य खुला तर्फ अन्जना खड्का, बसन्त देवकोटा, विजेश बस्नेत, विकेश मल्ल, बिनज्वाला श्रेष्ठ, दयाकृष्ण पन्त, धनप्रसाद पौड्याल, गणेशराज पौडेल, खाकिन्द्र बहादुर भण्डारी, मुकुन्द राज गौतम, नविना मल्ला, प्रतीक खनाल, राधाकृष्ण पौड्याल, सुदिप चिलुवाल र उमेश चन्द्र घिमिरेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।