२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०९, २०७८

दाङ : कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका एक कैदी भागेका छन्। घोराहीस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार उपचारका लागि अस्पताल लगिएका बेला फरार भएका हुन्।

जयराम उपचारका लागि बिहीबार बिहान ११ बजे प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए। उपचारका लागि हतकडी खोलेपछि उनले प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको बताइएको छ।

प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। जयरामले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका छन्। उनी कारागारका नाइके पनि हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]