
मोरंग – आइतबार भएको ट्याक्टर चालक र गाउलेहरुको बिबादले मिलाउन प्रहरीले नसके पछि दुई पक्षको बिबाद चुलीएको छ।
बिराटनगरको बखरी प्रहरी चौकिले मिलापत्रको नाममा दुबै पक्ष लाई मिलालउ खोजेको भएपनी मिलापत्र हुन नसकेको हो । बिराटनगरमहानगरपालीका बखरी वडा नम्बर ६ का वडा अध्यक्ष बिजय कामतको उपस्थीतीमा प्रहरीले स्थानिय भिम कामत लाई कुटपिट गरेका थिए ।
बाटोमा कुद्ने ट्याक्टर ले गतिको सिमानै नराखी कुदाउने गरेका कारण स्थानिय र ट्याक्टर चालक हरु बिच बिबाद हुदै आएको छ ।
सोहि बिषयलाई मिलाउन इलाका प्रहरी कार्यालय बखरी प्रहरी चौकिमा उजुरी परेको थियो ।

तर बखरी चौकी मा उजुरी परे पस्चात मिला पत्रका लागि गाउले , ट्रयाकटर धनी र चालक बिच छल फल राखेको भएपनी छलफलकै क्रममा प्रहरीले स्थानिय भिम कामतलाई प्रहरीले कुटपिट गरेको थियो । प्रहरीले हातपात गरेपछि स्थानियले प्रहरी ज्याजती को बिरुद्ध नाराबाजी गरेको थिए