
कंचनपुर – कञ्चनपुरमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश राना रहेका छन् ।
गस्तीमा रहेका सशस्त्र प्रहरीकाे टाेलीले उनीहरूलाई पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट पक्राउ गरेकाे हाे ।
उनीहरूकाे साथबाट प्रहरीले १३ थान नेट्राभेट-१० ट्याबलेट, तीन थान माेबाइल र से ३ प ७५२५ नम्बरकाे माेटरसाइकल बरामद गरेकाे छ ।
प्रहरीले तीनैजनालाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएकाे छ ।