
काठमाडौं – राष्ट्रिय सभाको बैठकमा नेकपा एमालेले अवरोध जनाएको छ। प्रतिपक्षी दल एमालेका सांसदहरुले सोमबार पनि संसद चल्न दिएनन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले बस्न आग्रह गर्दा पनि एमालेका सांसदहरुलाई मानेनन् ।
एमालेको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । आजको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख थियो।