२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २८, २०७८

सप्तरी – रुपनी गाउँपालिका वडा नम्बर ४ स्थित भथौलमा सोमबार एक कार्यक्रमकाबीच शिव शनि मन्दिरको शिल्यानाश सम्पन्न भएको छ ।

प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संयुक्त रुपमा शिल्यानश गरेका हुन् । मन्दिर निर्माणका लागि रुपनी गाउँपालिकाले रु ३ लाख बजेट विनियोजन गरेको छ । मन्दिरको शिल्यान्याश पछि स्थानियहरुलाई सम्बोधन गर्दै मन्त्री साहले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापनाबाट यहाँको विकासले गतिलिने बताएका छन् ।

उनले आजै उद्घाटन हुन लागेको कृषि विश्वविद्यायको स्थापनाबाट यहाँको कृषि क्षेत्रमा आमूल परिवर्तन हुनुका साथै सामाजिक विकासले पनि गति लिने बताए । अहिलेको संसार प्रविधि र प्राविधिक बाट चलिरहेको उल्लेख गर्दे उनले परम्परागत खेती अहिले पनि भईरहेको कारण यो क्षेत्रमा समाजिक विकास हुन सकेको बताए । “अहिले न प्रविधि छ न प्राविधिक छ, तर कृषि विश्वविद्यालयको स्थापना पश्चात प्रविधि र प्राविधिक दुवै हुन्छ अनि आधुनिक प्रविधिबाट खेती हुन्छ, त्यसपछि समाजको विकासले गति लिन्छ” मन्त्री साहले भने ।

प्रदेश नम्बर २ मा ८० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको बताउँदै उनले आफू कृषि मन्त्री हुँदा अथक प्रयास गरेरे कृषि विश्वविद्यालयको अवधाराणा ल्याएको स्पष्ट पारे ।कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले यो क्षेत्रबाट उच्च राजनीति पहुँच भएका नेता भएको कारण विकास हुन नसेको बताए । उनले वर्षायाममा रुपनी वडा नम्बर ४ मा एम्बुलेन्स समेत पुग्न नसकिने भएकोले बाटो निर्माणका लागि पहल गरि दिन मन्त्री साह संग आग्रह गरे ।

उनले रुपनी गाउँपालिकाको वडा नम्बर २ पौंवा देखि वडा नम्बर ४ छपकी भथौल सम्मको बाटो निर्माणमा सहयोग गरिदिन मन्त्री संग आग्रह गरे ।
यसैबीच मन्त्री साहले वडा नम्बर ४ स्थित आधारभूत विद्यालय छपकी भथौलको निरिक्षण गरेका छन् । विद्यालयका प्रधानाध्यापक बालकृष्ण यादवले विद्यालयको वाउण्ड्री वाल निर्माण गरिदिन मन्त्री संग आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]