
कराची – पाकिस्तानले शनिबार साउदी अरबबाट आर्थिक समर्थनको प्याकेज स्वरुप ३ अर्ब डलरको ऋण प्राप्त गरेको प्रधानमन्त्रीका वित्तिय सल्लाहकारले बताएका छन् ।
साउदीबाट लिएको सो ऋण प्याकेजको सम्झौता अनुरुप एक वर्षका लागि ४ प्रतिशत ब्याज दरमा रहेको छ ।
पछिल्लो समय बढ्दो आर्थिक चुनौतिका कारण पाकिस्तानले विभिन्न समस्याहरुको सामना गर्नुपरिरहेको छ । उपभोग्य वस्तुको मूल्य बढ्नेदेखि विदेशी विनिमयमा गिरावट अनि घट्दो मुद्राले पाकिस्तान चरम आर्थिक संकटमा पर्ने उच्च जोखिममा पुगेको छ ।
केन्द्रिय बैंक डाटाका अनुसार पाकिस्तानको कूल तरल विदेशी विनिमय सञ्चित हाल केबल २२ हजार मिलियन डलर रहेको छ ।
वित्तिय सल्लाहकार सौकत तेरिनले ट्वीट गर्दै साउदीका राजकुमार मोहोम्मद बिन सलमानलाई उक्त उदारवादी कदमका लागि धन्यवाद प्रकट गरेका हुन् ।