२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश महाधिवेशन अन्तर्गत आज प्रदेशहरुमा मनोनय दर्ता हुँदैछ । प्रदेश महाधिवेशनको उद्घाटन भने बिहीबार भइसकेको छ ।

२०७५ सालमा संसोधित विधान अनुसार पहिलोपटक पार्टीको प्रदेश महाधिवेशन हुन लागेको हो । प्रदेश कार्यसमितिमा १ सभपातिसहित २ उपसभापति २ महामन्त्री र एक महिलासहित ३ महामन्त्री रहने पार्टीको विधानमा व्यवस्था छ ।

विधान अनुसार आज सातै प्रदेशमा विभिन्न पदका आकांक्षीहरुले उमेदवारी दर्ता गर्नेछन् । मतदान प्रकृया भने भोलि (शनिबार) हुनेछ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका समितिले ६ प्रदेशमा मतदाता नामावली पठाइसकेको छ ।

यता, प्रदेश २ मा भने आज मनोनय दर्ता हुने संभावना छैन । सचिव श्रेष्ठका अनुसार महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको नाम केन्द्रले पठाउन सकेको छैन ।

“प्रदेश–२ का सम्पूर्ण जिल्लाबाट प्रतिनिधिहरुको विवरण आइनसकेकाले हामीले नामावली पठाउन नसकेका हौं, सायद आज मनोनय दर्ता हुँदैन यसको अर्थ महाधिवेशन केही दिन सर्न सक्छ,” उनले बाह्रखरीसँग भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]