२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १२, २०७८

काठमाडौँ – पशुपतिनाथ मन्दिर क्षेत्र तथा आसपासमा खुलेका मदिराजन्य पदार्थको सेवन तथा बेचबिखनमा स्थानीय प्रशासनले रोक लगाउन थालेको छ । पशुपति क्षेत्र नजिक रहेको काठमाडौँ महानगरपालिका–७ सिफललगायतका क्षेत्रमा वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा केही यस्ता पसलहरू हटाइएको छ ।

पशुपति क्षेत्रमा यत्रतत्र खुलेका मदिरा पसलका कारण दिनहुँ रक्स्याहा बीच झगडा भएर यो क्षेत्र नै अशोभनीय बन्दै गएको छ । यसरी यत्रतत्र खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि बन्द गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले यस्ता पसल सञ्चालन नगर्न स्थायी आदेश जारी गरे पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको सो कार्यालयका अधिकारी स्वीकार्छन् । पशुपति क्षेत्रमा मासुजन्य पदार्थ तथा मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भट्टी पसल हटाउन थालिएको हो ।

सो क्षेत्रमा मागेर जीवन व्यतीत गरिरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा पठाउने गरेको छ । मदिराको प्यासमा कतिपय आश्रमबाट पशुपति क्षेत्रमै फर्किने गरेका छन् । आश्रमले यस्ता कुलतमा फसेका झन्डै तीन सय जनाको आनीबानीमा सुधार ल्याइसकेको जनाएको छ ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार मगन्ते हटाउने क्रम जारी छ । वडा–७ का सदस्य कृष्णमणि भट्टराईका अनुसार पशुपति क्षेत्र आसपासमा पाँच सयको हाराहारीमा मांस र मदिरा पसल सञ्चालनमा छन् । गोरखापत्रबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]