२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १७, २०७८

रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयां बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ ।

प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो । लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुईवटा जीपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार बरामद भएको सामानमा ६० हजार थान लिपगार्ड (ओठमा लगाउने कस्मेटिक) रहेको छ । यस्तै कुर्ता सुरुवाल सेट २ सय ३६ थान, चुन्नी ६ सय थान, बनारसी साडी ६७ थान रहेको डीएसपी थापाले बताए ।

यस्तै विभिन्न ब्राण्डका जुत्ता, टिसर्ट लगायतका सामान पनि बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए । पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करीब साढे ५१ लाख मूल्यांकन गरेको छ । बरामद सामानसँगै जीप चालक सैनामैना-२ का ४० बर्षीय तुलसी थारु र सोही ठाउँका ४० बर्षिय मीनप्रसाद भण्डारी पनि पक्राउ परेका छन् ।

बरामद भएको सामान र पक्राउ परेका चालकसहित दुवैजनालाई थप अनुसन्धान र कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]