२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १७, २०७८

पर्वत – महिलालाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई यौनधन्दामा लगाएको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार तनहुँको आबुखैरेनी गाउँपालिका–२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडमा बस्दै आएका २६ वर्षीय अर्जुन पन्त र गोरखाको गण्डकी गाउँपालिका–७ घ्यालचोक घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथेमा बस्दै आएका २४ वर्षीय विराज राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले पोखरा–८ जाल्पारोडमा रहेको संगिना खाजा घरमा महिलाहरूलाई यौनधन्दामा लगाउने गरेको प्रहरीले बताएको छ। यसबारे सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले अर्जुन र विराजले एक महिलालाई मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हमालले जनाकारी दिए। ती महिलालाई भने आफन्तको जिम्मा लगाई पठाइएको छ।

होटेलका सञ्चालक समेत रहेका पन्त र आरोपी मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी हमालले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]