२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक १४, २०७८

बसमा यात्रारत यात्रु र सडका हिँडिरहेका पैदल यात्रुको नगद र सुनका सिक्री लुटेको अभियोगमा प्रहरीले चार जनालाई पक्रेको छ ।

धादिङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ५ ख ५३७२ नम्बरको बसका यात्रुको १ लाख ५ हजार रूपैयाँ नगद लुटपाट गरेको अभियोगमा दुई जना तथा पश्चिम नवलपरासीमा सुनको सिक्री लुटपाट गरेको अभियोगमा दुई जना गरि चार जना समातिएका हुन् ।धादिङबाट वीरगञ्जतर्फ जाँदै गरेको बसमा जितपुरसिमरा उपमहानगरपालिका ७ का ४५ वर्षीय पुरूषको साथमा रहेको नगद काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहितको दुई जनाको टोलीले लुटपाट गरेको हो ।

लुटपाटमा राजुलगायत तीन जनाले यात्रुलाई हातपात समेत गरेको बताइएको छ । उनीहरुमध्ये फरार एक जनाको भने प्रहरीले खोजी गरिरहेको छ । उता, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १३, मौराटाडी की ५८ वर्षीया महिलाको ३ तोला ५० लाल बराबरको सुनको सिक्री लुटपाट गरेको अभियोगमा सुनवल नगरपालिका १२, फरौलीका १९ वर्षीय देवराज यादवसहित दुई जना पक्राउ परेका छन् ।

स्थानीय सडकमा पैदल हिँडिरहेको अवस्थामा लु.७४प ४५०८ नम्बरको मोटरसाइकलमा आएका उनीहरू महिलाले लगाएको उक्त सिक्री लुटेर फरार भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]