२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १२, २०७८

विराटनगर – विराटनगर–८ मा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । चारजना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन् ।

स्थानीय मुस्तकिम मियाँ, सगिर मियाँ, कविर मियाँ र हविबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेपनि प्रहरीले कारवाही नगरेको पीडितको आरोप छ । गत असोज १९ गतेको घटनापछि प्रहरीमा ठाडो निवेदन पीडितको नाममा परेको थियो । त्यसपछि पीडितको घाउ चेकजाँच गरिएको छ ।तर, प्रहरीले उजुरी लिन नमानेको भन्दै उनीहरुले हुलाकबाट जाहेरी पठाएका थिए । पाँच दिन अगाडी पठाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पुगेको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।तर, हुलाकबाट जाहेरी गरेपनि पीडित सनाखतका लागि नगएका कारण कारवाही प्रक्रिया बढाउन नसकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पीडितले हुलाकबाट जाहेरी पठाएर अहिले विभिन्न बहाना बनाउने गरेका छन् । जाहेरी सनाखत गरेपछि मात्रै थप प्रक्रियामा जान सकिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पीडितले भने पहुँचवाला पीडक भएका कारण प्रहरीले पक्राउ गरेर अनुसन्धानको प्रक्रियामा लैजान आनाकानी गर्दै आएको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]