२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ११, २०७८

जनकपुर – महोत्तरीमा नक्कली नोटसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबानाका ४४ वर्षीय सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।उनका अनुसार बुधबार साँझ नक्कली नोटसहित महतोलाई गौशाला बजारबाट पक्राउ गरिएको हो। पक्राउ परेका महतो तरकारी व्यापारी रहेको प्रहरीले जनाएको छ।महतोले गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले दिएको जानकारीपछि इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले नक्कली नोट कारोवारी महतोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्यालले जनाए।

उनका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा व्यापारी महतोको डेराबाट २ लाख ८० हजार ९ सय २९ रुपैयाको भारतीय नोट र नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैया बरामद समेत भएको छ। ती सबै नोट नक्कली रहेको प्रहरी निरीक्षक बस्यालले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]