२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ११, २०७८

ललितपुरको बालकुमारीमा साथीको हत्या गरेर भागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साउनमा उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

२०७८ साउन २८ मा ललितपुर महानगरपालिका वडा नम्बर–९ स्थित गुह्ये पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई बालकुमारीमा डेरामा बस्ने खड्काको शव फेला परेको थियो ।मूर्तिको काम गर्ने ३३ वर्षीय खड्कालाई साउन २५ मा जय सिंगार सहितको समूहले कुटेर हत्यागरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मकवानपुर गढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहित ५ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

फरार मध्येका मकवानपुरगढी गाउँपालिका–१ फुलबारी घर भएका जय सिंगारलाई कार्तिक १० मा अपराध महाशाखाको टोलीले च्यासलबाट पक्राउ गरेको हो । महाशाखाले अभियुक्तलाई कानुनी कारबाहीका लागि ललितपुर परिसरमा पठाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]