२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक ०१, २०७८

जनकपुरधाम – बोक्सी आरोपमा आफ्नै भाउजुको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्लाको महोत्तरी गाउँपालिका ३ मडै निवासी संजय झालाई आफ्नै भाउजु ४२ वर्षीया शिला देवी झाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका संजयलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार सार्वजनिक गरेको छ । हाल जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बस्दै आएका संजयले बिहीवार बिहान करीब ३ बजेको समयमा घरमा सुतिरहेका अवस्थामा शिलादेवीलाई हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले बताए । के कति कारणले हत्या गरिएको संचारकर्मीहरुको जिज्ञासामा प्रहरी उपरिक्षक आचार्यले भने आफ्नो श्रीमति रिन्कु झाको गर्भ भाउजु शिलादेवीले बोक्सी गरी तुहाएको आशंकामा हत्या गरेको अनुसन्धानमा खुलेको हो ।

उनले भने, ‘शिलादेवीले दिएको केरा खाँदा श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि भाउजु शिलादेवीले टुनामुना गरेको हुन सक्ने आशंकामा आगामी सुरक्षाका लागि संजयले हत्या गरेको अनुसन्धानमा देखिएको हो ।’ गएको असारमा बिहे भएका संजय आफू जनकपुरधाम स्थित सोनापाडामा बस्दै आएका थिए भने श्रीमति रिन्कु गर्भवती भएपछि भाउजु शिलादेवी कहाँ नै राखेको थियो । पटक पटक बिरामी पर्दै आएका रिन्कुलाई उपचारबाट निको नहुँदा झाँक्री लगाएका थिए । झाँक्री कहाँ रिन्कुले भूत खेल्दै भनिन्, ‘शिलादेवीले आफ्नो गर्भ तुहाएको हो ।’ झाँक्री कहाँ रिन्कुले भनेको कुरालाई सत्य मानेर आफ्नो परिवारको सुरक्षाका लागि अन्धविश्वासमा हत्या गरेको प्रहरी उपरिक्षक आचार्यले बताए ।
उनले प्रहरी अनुसन्धानबाट शिलादेवीलाई संजयले सापटी दिएको १२ लाख ३९ हजार रुपैया फिर्ता नगरेको निहुँमा समेत हत्या गरेको हुन सक्ने कारण देखिएको बताए । आरोपित संजयले बोक्सी आरोप र सापटी फिर्ता नगरेको दुईटै कुरा बताएपनि हत्याको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक आचार्यले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]