२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन २५, २०७८

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्न खोजेको आरोपमा काठमाडौं उपत्यकाबाट सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनीहरू सातै जनालाई सोमबार पक्राउ गरेको हो। महाशाखाले चाडपर्वलाई लक्षित गरी विशेष अपरेसन थालेको छ। पक्राउ पर्नेहरू टिकट काउन्टरको कर्मचारी हुँ भन्दै परिचय पत्र नलिई अनधिकृत रूपमा भाडा उठाउने विचौलिया भएको महाशाखाले बताएको छ।

कोटेश्वरको काउन्टरबाट खोटाङ ऐंशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खुको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन्। अरू कोही पनि ठगीमा परेको भएमा यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाएर कारबाही गर्ने एसएसपी भट्टराईले बताए। ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ। त्यसै अपरेशन अनुसार प्रहरी आफैं यात्रु बनेर कारबाही अभियान चलाइरहेको छ।

पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित महानगरीय प्रहरी वृत्तमा बुझाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]