२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन १८, २०७८

सर्लाही – सर्लाहीमा लागूऔषध गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सोनबर्षा ३ का २१ बर्षीय धर्मेन्द्र मण्डल र वडा नम्बर १ का १९ बर्षीय भोलाकुमार साह रहेका छन् ।दुवैजनालाई सदरमुकाम मलगंवाबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।उनका अनुसार दुबैजनालाई भारतको सोनबर्षातर्फ टाउकोमा पोका बनाएर लैजाँदै गर्दा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवैले बोकेको पोकाबाट ७० किलो गाँजा बरामद भएको बुढाथोकीले बताए ।‘४-५ जना टाउकोमा पोका बोकेर गइरहेका थिए’ बुढाथोकीले भने, ‘प्रहरीलाई देख्नेवित्तिकै उनीहरु भागेका थिए । उनीहरुमध्ये दुईजनालाई पक्राउ गरिएको छ ।’

दुबैबिरुद्ध लागूऔषध गाँजा सम्बन्धी कसुर मुद्दा दर्ता गरी अन्य अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]