२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १७, २०७८

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई समावेशी बनाउन जनसंख्याको आधारमा प्रतिनिधित्व गराउन नसकिने बताएका छन् ।

विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमाथि जवाफ दिदै पोखरेलले जनसंख्याको आधारमा पार्टी संरचना बनाउन नसकिने बताए ।समूहगत छलफलका क्रममा प्रतिनिधिहरुले जनसंख्याको आधारमा प्रतिनिधित्व गराउँदा पार्टी कमिटी समावेशी बन्ने सुझाव राखेका थिए । तर पोखरेलले जनसंख्याको आधारमा पार्टी बन्न नसक्ने बताए ।

‘कसैकसैले त भन्दाभन्दै के भन्नुभएको छ भने पपुलेसनको आधारमा कमिटीमा पनि प्रतिनिधित्व होस्’ पोखरेलले भने, ‘माफ गर्नुहोला कमरेडहरु, अन्यथा नलिनुहोस् । कम्युनिष्ट पार्टी त्यसरी बन्दैन, बन्न सक्दैन ।’ महासचिव पोखरेलले विचार र योग्यताको आधारमा कम्युनिष्ट पार्टी बन्ने बताए । ‘कसको कति प्रतिशत छ, त्यसको आधारमा त्यति प्रतिशत चाहियो । नराम्रो नमान्नुहोला, यसरी कम्युनिष्ट पार्टी बन्दैन, कतिपय ठाउँमा उपभोक्ता समिति बन्लान्’, पोखरेलले भने ।

विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमाथि छलफलका क्रममा दश वटै समूहबाट पार्टी संरचना समावेशी बनाइनुपर्ने विषय उठेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]