२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन १४, २०७८

जनकपुरधाम – धनुषामा अवैध लागुऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-४ पुष्पलपुर घर भइ मिथिला नगरपालिका-६ ढल्केवरमा डेरा गरी बस्दै आएकी ३५ वर्षीया सुरेखादेवी यादव रहेकी छन् । लागुऔषध गाँजा र अनाधिकृत रुपमा विक्री वितरण गरिरहेको ठुलो परिमाणको औषधिसहित बुधवार महिलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

बुधबार दिउँसो लागुऔषध विक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा यादवले डेरा गरी बस्दै आएको घरको खानतलासी गर्दा १६० ग्राम गाँजा र अबैध रुपमा राखिएको ठूलो परिमाणमा औषधि बरामद भएको उनले बताए । उनको डेराबाट स्पासमो १० पीस, भोमिन १२९ पीस, प्रेगआउट किट ८० पीस, कफट्याड-डी २१० पीस, स्पासपेन १८० पीस र ट्रुपेन २२ सय २० पीस औषधि बरामद भएको प्रहरी निरीक्षक सुवेदीको भनाइ छ ।

बरामद भएको औषधिहरु घरको खानतलासी गर्दा खाटमुनी अबैध रुपमा रोखेको अवस्थामा भेटिएको थियोे । सबै औषधिलाई औषध व्यवस्था विभागमा पठाउने तयारी रहेको छ । प्रहरीको नियन्त्रणमा रहेकी यादवको साथबाट लागुऔषध गाँजासमेत बरामद भएकोले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाइने भएको छ ।

लागुऔषधसहित पक्राउ परेका यादव यसअघि गत भदौ १९ गते चोरीको चाँदी खरिद गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई प्रहरीले चोरी कसूरमा मुद्दा चलाएको थियो । प्रहरीका अनुसार केहीदिन अघि मात्रै उनी धरौटीमा छुटेकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]