२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

सप्तरी –सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिगत केहि समय देखि बिरामी रहेकी दशनी देबी खत्वेको घरमा गएर नागरिकता दिएका छन् ।

लामो समय सम्म नागरिकता बनाउनका लागि बिभिन्न प्रयास गरेपनि नागरिकता प्राप्त गर्न नपाएकि ७० वर्षीया दशनी देबी खत्वेलाई नागरिकता दिएको जिल्ला प्रशासन कार्यलय सप्तरीले जनाएको छ ।
रुपनी गाँउपालिका ५ बसबिट्टीमा दशनी देबी खत्वेको घरमै पुगेर नागरिकता दिएको प्रजिअ गौतमले वताएका छन् । बिभिन्न कारणले दशनी देबीले नागरिकता बनाउन नसकेको जानकारी पाएपछि उनकै घरमै पुगेर नागरिकता दिएको गौतमले वताए ।

नागरिकता नहुँदा दशनीले सरकार बाट पाउने सेवा सुबिधा बाट बञ्चित भएकि थिईन् । नागरिकता नभएकै कारण उनी मताधिकार र सामाजिक सुरक्षा बाट बञ्चित रहेकि थिईन् । नागरिकता पाईसकेपछि खुशि हुदै सिताले भनिन्, नागरिकताका लागि धेरै प्रयास गरे तर पाँउन सकेको थिएन्, सिडियो साप घरमै पुगेर नागरिकता पाँउदा निकै खुशि भएको वताईन् । गरिब असाहयका लागि सरकार हेरदैन सोचेको थिए, तर हाम्रा लागि पनि सरकार रहेछ भन्ने लागेको दशनीले वताईन् ।


जिल्ला प्रशासन कार्यलय सप्तरीले पछिल्लो समय गाँउमा गएर पनि सेवा दिने गरेको रुपनी गाँउपालिकाका अध्यक्ष हरेराम यादवले वताएका छन् । दशनी देबी जस्तै धेरैले गाँउमानै सेवा पाएको छ, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम को टिमले जनतालाई सहज हुने काम गरिरहेको वताएका छन् । सेवा बाट बिमुख रहेका जनतालाई आफै खोजेर प्रशासनले सेवा दिइने समेत जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]