२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

सप्तरी – सिरहाको लहानमा उदयपुरकी एक युवती मृत भेटिएकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराकी २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठाभित्र मृत भेटिएकी हुन् ।

लहानस्थित एक कपडा पसलमा काम गर्दै आएकी करिश्मा कोठाको बाहिरबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय लहानले जनाए छ । करिश्मा दिउँसोदेखि साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि घरबेटीले कोठा खोलेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारिएको मृतक युवतीका मामाको छोरा राजेश चौधरीले बताए ।

राजेशले करिश्माको हत्या भएको दाबी गरे ।

इलाका प्रहरी कार्यालय लहानले मृतकको घाँटीमा डोरीले बाँधेको डाम, रगत र टाउकोमा चोट देखिएको बताएको छ ।चुकुल बाहिरबाट लगाइएको अवस्थामा भेटिनुले शंका उब्जाएको भन्दै परिवारले छानविनको माग गरेको छ ।यता अनुसन्धानको लागि भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हत्या वा आत्महत्या भन्ने पोस्टमार्टमपछि मात्र थाहा हुने र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]