२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २८, २०७८

एजेन्सी – एक १४ वर्षीया बालिकाको दुइदिनसम्म सामुहिक बलात्कार भएको छ। यस घटनामा प्रहरीले १६ जना अभियुक्तहरुलाई प क्रा उ गरेको छ। यो घट्ना भारतको महाराष्ट्र पुणेको हो। बालिकामाथि अगस्ट ३१ र सेप्टेम्बर १ का दिन बलात्का र भएको हो।

यसअघि पुलिसले यस मामिलामा ८ जनालाई गिरफ्तार गरेको थियो। बिहीबार थप ५ जनालाई गिरफ्तार गरिएको छ। घटनामा पुलिसले एक लजमा काम गर्ने दुईजनासहित किशोरीको एक साथीलाई पनि प क्रा उ गरेको छ। पुलिसका अनुसार अगस्त ३१ मा यो १४ वर्षीया केटी आफ्नो साथीलाई भेट्न पुणे रेलवे स्टेशन पुगेकी थिइन्। तर उसको साथी त्यहाँ आएनन्। यसैबीच, एक अटो रिक्सा चालकले ती युवतीलाई उसलाई घर छोड्ने बताए। किशोरी रिक्सामा बसिन्। उनलार्ई अज्ञात ठाउँमा लगियो। यस पछि अटो चालकले आफ्ना साथीहरुलाई बोलाएर दुई दिनसम्म ती बालिकालाई विभिन्न ठाउँमा लगी ब ला त्का र गरेका थिए। पछि उनी युवतीलाई मुम्बईको एउटा बसमा चढाइदिएका थिए। म्बई पुलिसकी डिप्युटी कमिश्नर नर्मदा पाटिलले एक पत्रकार सम्मेलनमा भनिन्, “बालिकाका बुबाले वानवाडी पुलिस स्टेशनमा बेपत्ता भएको रिपोर्ट दर्ता गराएका थिए। पुलिसले ती युवतीको खोजी गरी उनको बयान रेकर्ड गरेको छ। बयानको आधारमा आइतबार आठ जना अभियुक्तहरु पक्राउ परेका थिए। अदालतले अभियुक्तलाई १० दिनको प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ।’

हाल पीडितको उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको बताइएको छ। प्रहरी यस विषयमा थप अनुसन्धानमा जुटेको छ। अभियुक्तको पहिचान गर्ने काम भैरहेको छ। पीडित युवतीले कुनै आरोपीलाई नचिन्ने बताएकी छिन्। आरोपीहरु मध्ये केहि अटो रिक्सा चालकहरु छन् जबकि दुईजना रेलवे कर्मचारीहरु भएको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]