२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १५, २०७८

पोखरा – पोखराका दुई स्थानमा तास खेलिरहेको अवस्थामा १२ जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित राधाकृष्ण मार्गमा ज्ञानबहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा नं.७ घारीपाटन बस्ने वर्ष ५५ का ज्ञानबहादुर खड्का, ४९ वर्षका यामबहादुर ढकाल, वर्ष ४७ का कृष्ण बहादुर घर्ती, वर्ष ६० का सोमबहादुर बिक, वर्ष ३८ का सुजन गुरुङ, वर्ष ५३ का लालबहादुर गुरुङ र ४७ वर्षका रमेश थापा छन् ।

उनीहरूको साथबाट दुई लाख ५० हजार ६३५ रुपैयाँ बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

यसै गरी पोखरा महानगरपालिका वडा नं. १५ स्थित सीताराम हाउजिङमा बस्ने लालप्रसाद गुरुङको कोठाबाट पनि तास खेलिरहेका सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार ८ काउलेका वर्ष ५१ का लालप्रसाद गुरुङ, स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं ४ का वर्ष ३७ का सुशिल रानाभाट, आँधीखोला ३ का २८ वषका कल्याण पौडेल, पुतलीबजार नपा. ८ का ४७ वर्षका विकास गुरुङ, पुतलीबजार न.पा. ९ का वर्ष ३६ का मनोज गुरुङ, वालिङ न.पा. ३ माझकोटका वर्ष २४ का मनोज गुरुङ र तनहूँ शुक्लागण्डकी न.पा. ११ का वर्ष ३७ का प्रकाश गुरुङ रहेका छन् ।

उनीहरूको साथबाट ८४ हजार ५२५ रुपैयाँ बरामद भएको डिएसपी हमालले जानकारी दिए ।

पक्राउ परेका सबैलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान पक्रिया अघि बढाइएको डिएसपी हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]