
जाजरकाेटमा एक व्यक्ति बन्दुकसहित समातिएका छन् । आज बिहान नलगाड नगरपालिका-८ कुसेनीमा बन्दुकसहित वीरबहादुर पुन नाम गरेका व्यक्तिलाई प्रक्राउ गरिएको जिल्लाका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।
यसअघि अस्ति पनि कुसेनीमै प्रहरीले एक जनालाई अवैध रूपमा राखेकाे हतियारसहित पक्राउ गरेकाे थियाे ।