२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०९, २०७८

विराटनगर – अस्पताल हिँडेको बिरामीलाई कमिनसनका लागि झूठो आश्वासन देखाएर अन्यत्र नै पुर्याउने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र कोशी अस्पताल अगाडिबाट १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नोबेल शिक्षण अस्पताल अगाडीबाट ७ जना र कोशी अस्पताल अगाडीबाट ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, युनि कियर फार्मेसीका रोशन गुप्ता, दाजुभाई फार्मेसीका अमित यादव, क्वाटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फार्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन् । उनीहरुलाई नोबेल शिक्षण अस्पतालको अगाडिबाट पक्राउ गरिएको छ ।

कोशी अस्पताल अगाडीबाट श्रीराम चौधरी, सूर्यनारायण यादव र मो.जलीद रहेको प्रहरीले जनाएको छ । यस अघि पनि विराटनगरबाट २ जना विचौलियालाई पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरुले अस्पतालमा आएका बिरामी र उनीहरुका आफन्तहरुलाई अस्पतालमा राम्रो सेवा छैन, कोरोना फैलिएको छ भन्दै कमिसनका खाने लोभले अन्यन्त्र लैजाने गर्दै आएका थिए ।

प्रायः ठूला अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई उनीहरुले कमिसन खान बीचमै विभिन्न आश्वासन देखाएर अन्य अस्पताल, क्लिनिकहरुमा लैजाने औषधी पसलमा जबर्जस्ती औषधी किन्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानमा पाइएको छ ।

उनीहरुले अस्पताल अगाडी बसेर बिरामी तानातान गर्ने गरेको उजुरी परेको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद थप गरिएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]