२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८

कञ्चनपुर – शनिबार कञ्चनपुरमा ४ जनामा संक्रमण पुष्टि भयो । पीसीआर परीक्षणमा भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा १/१ जनामा र कृष्णपुरमा २ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि शुक्रबार जिल्लामा ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

कञ्चनपुरमा अहिले पनि सक्रिय संक्रमितको संख्या एक सय भन्दा बढी छ । नयाँ संक्रमित थपिने क्रम पनि जारी छ । देशका विभिन्न ठाउँमा डेल्टा प्लसलगायतका थप नयाँ भेरिएण्ट देखिने थालेका कारण जोखिम झन बढ्दै गएको छ । पछिल्लो समय परीक्षणको दायरा कम हुॅदै जानु, निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्डको पालनामा लापरवाही हुनु र नाकामा पनि आवागमन सहज हॅुदै जानुले जोखिम बढ्दै गएको स्वास्थयकर्मीहरू बताउॅछन् । ‘नाकामा परीक्षणमा कडाइ गर्नु पर्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा पनि जोड दिनु पर्छ,’ महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘तेस्रो भेरिएण्टको जोखिम बढ्दै गएको छ, सबैले सचेत हुनु आवश्यक छ ।’

महाकाली अस्पतालमा अहिले २ संक्रमितको उपचार भइरहेको छ । पछिल्लो एक सातादेखि नयाँ संक्रमित थपिएका छैनन् । अस्पतालको आकस्मिक कक्षमा संक्रमित बिरामीहरू आउने क्रम जारी छ । उनीहरूलाई परीक्षण पश्चात होम आइसोलेसनमा पठाउने गरिएको डा. रोकायाले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार शुक्रबार १ सय ५२ को पीसीआर परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको छ । ५सय ९ को एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ ।बिहीबार १ सय ७४ को पीसीआर परीक्षणमा ३५ जनामै संक्रमण पुष्टि भएको छ भने ४ सय ६९ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले पनि सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३ सय २० छ । यो संख्या केही तलमाथि हुने क्रम चलिरहेको छ । ‘संक्रमण सुमदायस्तरमै छ, परीक्षण निकै कम भएको छ,’ सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘परीक्षण बढाउन सके संक्रमणको दर अझै बढ्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]