२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ०२, २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका हुन् ।

एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यन्वयनमा जुटेका बेला प्रचण्ड र नेपालबीचको भेटवार्तालाई राजनीतिकमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

हाल उनीहरुबीच सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल जारी रहेको बताइएको छ । नेपाल पक्षले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर, हाल नेपाल पक्ष सरकारमा भने सहभागी भएको छैन।

त्यस्तै, पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको नेपाल पक्षले देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । केही दिनअघि प्रधानमन्त्री देउवा पनि नेपाल निवास पुगेर छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]