२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०१, २०७८

वीरगंज – जुवा खेलिरहेको अवस्थामा पर्सा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित मेडिकल कलेज छेउको निर्माणाधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर ६ का श्यामबाबु सोनार, वीरगंज-१५ बस्ने सुनिल सर्राफ, वीरगंज-३ का अली असगर अन्सारी, वीरगंज-१६ का भगवानप्रसाद महतो, बाराको महागढीमाई-१० का धिरेन्द्रप्रसाद जैसवाल, रौतहटको गौर-१ का रमेश चौधरी र भारतको बिहारका रामबाबुप्रसाद सोनार रहेका छन्।

प्रहरीका अनुसार उनीहरुको साथबाट १ लाख ५८ हजार रुपैयाँ नगद र १० बुक ताससमेत बरामद भएको छ। उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]