२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०१, २०७८

पर्सा – एक महिलालाई बलात्कार गर्ने २ पुरुष पक्राउ परेका छन् । उन्नाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका २१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका ६ बस्ने २५ वर्षीय शिववालक महत्तो रहेका छन् ।काठमाडौं कलंकीबाट असार २७ गते विहान बुटवल जाने भनि २ वर्षीय छोरा सहित ना.५ ख २८७० नम्बरको ट्रकमा गएकी महिलालाई सोही ट्रकका चालक सुनिलले चितवन रामनगरसम्म ल्याई जबरजस्ती करणी गरी असार २९ गते दिउँसो पुन ना.६ ख ३३६९ नम्बरको ट्रकमा चढाइ पठाएको खुल्न आएको प्रहरीले जनाएको छ ।साथै उक्त ना.६ ख ३३६९ नम्बरको ट्रकका चालक शिववालकले वुटवल जाने भनि वीरगंजतर्फ लगि शिववालक, सोही ट्रकका सहचालक र अर्को एक व्यक्ति समेतले पटक–पटक जबरजस्ती करणी गरी असार ३० गते वीरगंज महानगरपालिका १७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी छोडेको अवस्थामा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीले उद्दार गरेको थियो । तत्पश्चात जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गर्ने क्रममा दुवै ट्रक चालक लगायतका व्यक्तिहरुले जबरजस्ती करणी गरेको खुलेपश्चात उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]