२३ माघ २०८२, बिहिबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, साउन ०१, २०७८

सप्तरी – सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्ति पक्राउ परेका छन् ।

नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयाे ।पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा न. १५ देउरी भरुवा निवासी देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव छन् । शिबनन्दन भने भारतीय नागरिक रहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको आचार्यले बताउनुभयाे ।

शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आएका थिए । त्यहीं बेला वडाबाट कसैले फोन गरेर यी दुबै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएका थिए ।
प्रशासकीय अधिकृतको टेबुलमा यो फायल आएकै समयमा यस्तो जानकारी आएपछि कार्यालयले वडाअध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए । ‘उनले गर्दै आएको हस्ताक्षर मिलेको देखिएन्’ प्रशासकीय अधिकृत किशोर कुमार रामले भन्नुभयाे“लगत्तै प्रहरी बोलाएर दुबैलाई पक्राउ गर्न लगाएका छौं ।”

यता पक्राउ परेका देवनका ज्वाइँ शिबनन्दनले आफू नेपाली नागरिक भएको दावी गर्दै आएका छन् । तर, स्थानीयले भने उनी भारतीय नागरिक भएको दाबि गरेका छन् । साे किर्ते सहि गराउनमा स्थानीय युवक सन्जिव कुमार यादवले सहयोग गरेकाे स्रोतले जनाएको छ । यता साे बिषयमा अावश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]