२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ३१, २०७८

१७ वर्षीया बालिकाको विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका-१ धोरेका २४ वर्षीय विशाल सहनी, उनका बुवा ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ का ४८ वर्षीय महेश सहनी रहेका छन्।उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

आपसी मिलेमतोमा उनीहरूले पर्सा पकाहामैनपुर गाउँपालिका-१ को भुटनदेवी मन्दिरमा बाल विवाह गराएको खनालले बताए।असार १७ गते उमेर नपुगी किशोरीको विवाह गराएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीहरू सबैलाई बाल विवाह सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

पर्साका विभिन्न ठाउँमा २० वर्ष नपुगी विवाह गर्ने तथा गराउने थाहा हुन आएको भन्दै प्रहरीले तत्काल खबर गर्न पनि अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]