२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ २९, २०७८

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्‍दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्‍दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् ।उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने मिश्रलाई उच्च अदालत पाटनले २०७६ साल मंसीर २२ गते ७ दिन कैद र ५२ लाख जरिवाना सुनाएको थियो ।

ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले श्रेष्ठलाई लामाटार ललितपुरबाट र मिश्रलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]