
मोरङ – मोरङ पथरी शनिश्चरेमा १३ बर्षीया बालिकालाई करणी गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
बोदेबरसाई नगरपालिका सप्तरीका २८ बर्षीय डाक्टर राजेश शाहलाई ईलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको हो ।मोरङको पथरी शनिश्चरेमा डेरा बस्दै आएका शाहाले पथरी शनिश्चरे बस्दै आएकी १३ बर्षीय बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ परेका हुन ।
मोरङ पथरी शनिश्चरेको एक चस्मा पसलमा कार्यरत आँखाका डाक्टर राजेश शाहलाई मंगलबार पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायक उपरिक्षक कृष्ण खड्काले बताए ।