२३ माघ २०८२, बिहिबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, आषाढ २५, २०७८

सप्तरी – सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच गएराति कुटाकुट भएको हो । सप्तरीको राजविराज नगरपालिका –९ जगदरीका एजेन्ट मो.सनाउल मामाघर लालपट्टी पुगेका थिए । सोही क्रममा छोरालाई वैदेशिक रोजगारमा पठाए पनि राम्रो काम नपाएको भन्दै स्थानीय मो.इजराइल र मो.अक्तरको एजेन्ट सनाउलसँग विवाद सुरु भएको वडाध्यक्ष मो.इझारुल मियाँले बताउनु भयो ।विवादकै क्रममा दुवै पक्षबीच कुटाकुट नै सुरु भएपछि नातीलाई बचाउन पुगेका सनाउलका नाना ७० वर्षीय मो.दाउन मियाँलाई चोट लागेर घाइते भएका थिए ।

उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा सोही क्रममा उहाँको मृत्यु उपचारको क्रममा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डिएसपी माधव प्रसाद काफ्लेले बताउनुभयो । यता मृतककाे ‘शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]