२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ २३, २०७८

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलको बैठक सकारात्मक बनेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

उनले विवाद समाधान निष्कर्षउन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिए । ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’, उनले भने।यसैगरी कार्यदलका संयोजक सुवास नेम्वाङले आज साँझसम्म पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता माधव कुमार नेपालसहित पार्टीभित्र आवश्यक छलफल गरेर सहमतिलाई अन्तिम रुप दिइ भोलि टुंगोमा पुगिने बताए ।
उनले आवश्यक परे ओली र नेपालबीच पनि भेट हुनसक्ने बताए ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

तीन दिनयता पार्टी मिलाउन कार्यदलमा छलफल हुँदै आएकोमा नतिजा सकारात्मक बन्दै गएको बताइएको हो । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य लगायत तथा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]