
झापा – झापाको कमल गाँउपालिका वडा नम्वर ३ स्थित केर्खा बजारबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० वर्षीय सुवास मेचे र सोही नगरपालिका १० बस्ने २५ वर्षीय सुरज लामिछाने रहेका छन् ।बुधवार बेलुका साढे ३ बजे टेम्पु चढी आउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर ८८ ग्राम सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको प्रहरीले जनाएको छ ।