२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ १५, २०७८

झापाको दमक नगरपालिकाबाट नौ ग्राम ३०० मिलिग्राम लागुपदार्थ ब्राउन सुगर र ५ लाख १४ हजार ३०० रुपैयाँसहित चारजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–५ वालुवाथानका २६ वर्षीय बिवेक लिम्बु, २२ वर्षीय शौरभ राई र इलामको चुलाचुली गाउँपालिका–४ घर भई दमक नगरपालिका–५ बस्ने ३१ वर्षीय विक्रम राई र जेम्स भन्ने ३७ वर्षीय खगेन्द्र साँवा लिम्बु रहेका छन्। दमक–६ थाना रोडबाट दुई ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिवेक र शौरभलाई प्रहरीले पक्राउ गरेको थियो। थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागुऔषध विक्रम र खगेन्द्रबाट खरिद गरि ल्याएको भन्ने खुल्न आएपछि विक्रम र खगेन्द्रको कोठाबाट नगद ५ लाख १४ हजार ३०० रुपैयाँ बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो।

साथै, इलाम चुलाचुली गाउँपालिका–४ स्थित उनीहरुको घर तलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]